Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अमेरिकी बम्बर बी–२१ रेडरलाई टक्कर दिने चीनको अत्याधुनिक स्टिल्थ ड्रोन

अमेरिकी बम्बर बी–२१ रेडरलाई टक्कर दिने चीनको अत्याधुनिक स्टिल्थ ड्रोन

चीनको नयाँ स्टिल्थ ड्रोनले अमेरिकाको बम्बर विमान बी–२१ रेडरलाई टक्कर दिने चिनियाँ ड्रोन निर्माता कम्पनी जोङतियान फिलङ इन्टिलिजेन्ट टेक्नोलोजीले दाबी गरेको छ ।

अमेरिकी हवाई सेनाको साथमा रहेको बी–२१ रेडर शक्तिशाली हतियार मानिन्छ ।

मंगलबार विच्याटमा विज्ञप्ती जारी गर्दै ड्रोन निर्माता कम्पनी जोङतियान फिलङले आफूले हालै ‘फेलङ–२’ स्टिल्थ ड्रोन निर्माण सम्पन्न गरेको जानकारी दिएको छ ।

स्टिल्थ प्रविधि प्रयोग भएको विमानलाई दुश्मनको राडारले पत्ता लगाउन सक्दैन । चीनको फेलङ–२ ड्रोन मानवरहित भएपनि यसले धेरै कार्य एकैपटक गर्न सक्नेछ ।

विज्ञप्तीअनुसार यो ड्रोन उच्च–सबसोनिक ‘ध्वनीभन्दा केही कम’ गतिमा उड्नसक्छ । यसलाई निगरानी गर्नको लागि र आक्रमण गर्न दुवैको लागि प्रयोग गर्न सकिनेछ ।

यो ड्रोनले ६ टनसम्म हतियार बोक्नसक्छ भने एकपटक उडेपछि यो ७ हजार किलोमिटरसम्म उड्नसक्छ । प्रतिघण्टा ७८० किलोमिटर उड्नसक्ने यो ड्रोन ४९ हजार फिटमाथि उड्ने क्षमताको छ ।

यसलाई विकास गर्ने कम्पनीले यो ड्रोनको क्षमता अमेरिकी नर्थरोप ग्रुमम्यान्स बी–२१ रेडरकै क्षमताको भएको बताउँछन् । यसको गति, आक्रमण क्षमता, हतियार बोक्ने क्षमता र स्टिल्थ प्रविधि अमेरिकी बम्बरकै जस्तो छ ।

तर यो समग्रमा अमेरिकी बम्बर बी–२१ रेडर हतियारभन्दा सस्तो भएको बताइएको छ ।

हाल विश्वका शक्ति राष्ट्रहरु आफ्नो सैन्य क्षमता प्रदर्शनगर्दा प्रविधिको सहयोग लिन्छन् । सो क्रममा अत्याधुनिक हतियार निर्माण गर्ने होड नै चलेको छ । एससीएमपी