Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सोफिया रोबोर्ट महागो दाममा लिलाम

सोफिया रोबोर्ट महागो दाममा लिलाम

हंगकंगमा अत्यन्तै प्रतिभाशाली ‘सोफिया’ नामक रोबोर्ट अर्थात् यन्त्रमानव अत्यन्तै महागो दाममा बिक्री भएको छ । बोल्ने, ख्याल ठट्टा गर्ने र गीत गाउने सोफियाले चित्र पनि कोर्न सक्छ । गत मार्चमा यस अदभुत डिजिटल दुनियााको नमुना ६ लाख ८८ हजार ८ सय ८८ हंगकंग डलरमा लिलाम भएको हो ।

यो रोबोर्ट यस्तै प्रकारको अर्को रोबोर्ट बनाएर मात्र बेच्ने मिल्ने प्रक्रिया नन–फन्जिवर टोकन ( एनएफटी) अन्तर्गत मात्र लिलाम गरिएको हो । एनएफटी अनुसार यस्ता वस्तुहरूमा स्वामित्वको आधिकारिक प्रमाणिकीकरणका लागि अनौठो डिजिटल कोडको प्रयोग भएको हुन्छ ।सोफियाको सिर्जना गर्ने हंगकंगस्थित ह्यान्सन रोबोटिक्सका प्रमुख कार्यकारिणी अधिकारी डेभिड ह्यान्सनले साढे दुई दशकदेखि रोबोर्ट विकास गर्दै आइरहेका छन् । उनका अनुसार दुरुस्तै मानव जस्तो देखिने रोबोर्टहरूले मानिसहरूबीच सम्पर्क गर्न तथा स्वास्थ्य स्याहार तथा शिक्षा जस्ता क्षेत्रमा सहयोग पु-याउन सक्नेछन् ।

सोफियाले अनुहारको भाव परिवर्तन गर्न र कुराकानी गर्न तथा मानिसहरू चिन्न सक्छ । सन् २०१७ मा सोफियालाई साउदी अरेबियामा नागरिकता प्रदान गरिएको थियो । सोफिया विश्वकै पहिलो रोबोर्ट नागरिक बन्न सफल भएको थियो ।