Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

कोरोनाबाट बच्न के गर्ने र के नगर्ने ?

कोरोनाबाट बच्न के गर्ने र के नगर्ने ?

संसारका धेरै मुलुकमा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण देखा परेसँगै नेपालमा पनि सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । झन् छिमेकी देश भारतमा नयाँ प्रजातिको कोरोनाले भयावह अवस्था सिर्जना गरेसँगै नेपालमा सो अवस्था आउन सक्ने भएको छ । सबैले आ-आफ्नो ठाउँबाट सुरक्षित हुन जरुरी भएको छ । त्यसैले कोरोना सङ्क्रमणबाट बच्न के गर्ने र के नगर्ने भन्ने कुरा बुझ्नुपर्छ ।

के गर्ने?

आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिनुस् । साबुन वा ह्यान्डवासले समय समयमा हात धुनुस् । हाच्छ्युँ गर्दा र खोक्दा मुख छोप्नुस् । हात फोहर देखिएमा साबुन र पानीले धुनुस् । प्रयोग गरेपछि टिस्युलाई तुरुन्तै बन्द फोहोर फाल्ने भाँडोमा फ्याँक्नुस् । अस्वस्थ भएमा विशेष गरी रुघाखोकी र ज्वरो आएमा चिकित्सकलाई तत्कालै भेट्नुस् । मानिसहरूसँग दूरी बनाउनुस् । हात मिलाउने वा अङ्कमाल गर्नुको साटो नमस्कार गर्नुस् ।

के नगर्ने?

खोकी वा ज्वरो छ भने कसैसँग पनि सम्पर्क नगर्नुस् । अनावश्यक रूपमा आँखा, नाक र मुख नछुनुस् । सार्वजनिक स्थानमा नथुक्नुस् । घरबाट अत्यावश्यक अवस्था बाहेक बाहिर ननिस्कनुस् । काँचो र आधा पाकेको मासु/अन्डा नखानुस् । जङ्गली तथा घरपालुवा पशुपक्षीको नजिक नजानुस् । भिडभाड हुने ठाउँतिर नजानुस् ।