नयाँ दिल्ली-भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै स*ङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार दिल्ली प्रदेशभरी एक दिनमा २४ हजार १०३ जना कोरोनाभाइरसबाट स*ङ्क्रमित भएका हुन् ।
त्यसैगरी दिल्ली प्रदेशमा पछिल्लो २४ घण्टामा ३७५ जनाको मृ*त्यु भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् । दिल्लीमा अहिले पनि ९३ हजार ८० स*ङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या पनि अहिलेसम्मकै सवैभन्दा धेरै रहेको बताइएको छ । दिल्लीको स्वास्थ्य विभागले स*ङ्क्रमित र मृ*तकको सङ्ख्या दिनप्रति दिन बढ्दै गइरहेको जानकारी दिएको छ । पछिल्लो विवरण अनुसार दिल्लीमा मात्रै अहिलेसम्म १० लाख चार हजार ७८२ जना कोरोनाभाइरसबाट स*ङ्क्रमित भएका छन् ।
कोरोनाका कारण दिल्लीमा मात्रै मृ*त्यु भएकाहरुको सङ्ख्या अहिलेसम्म १३ हजार ८९८ पुगेको दिल्लीको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाभाइरसको परीक्षण गराएका मध्ये ३२।२७ प्रतिशतमा स*ङ्क्रमण देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । ती मध्ये १.३८ प्रतिशतको त मृ*त्यु नै हुने गरेको छ । भारतमा देशभरी भने अहिलेपनि २५ लाख ५२ हजार ९४० जना स*ङ्क्रमित अवस्थामै रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ७८६ जना स*ङ्क्रमित भएका थिए । भारतमा गत जनवरी १६ देखि कोरोनाभाइरस विरुद्धको खोप अभियान चलिरहे पनि भाइरसबाट स*ङ्क्रमित र मृ*तकको सङ्ख्यामा दिन प्रतिदिन बृद्धि हुँदै गएको छ ।