Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड यस्तो छ दैनिक अवस्था

भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड यस्तो छ दैनिक अवस्था

भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण भ*यावह रुपमा फैलिएको छ । दिनदिनै संक्रमण पुष्टि हुनेको संख्या उकालो लागिरहेछ भने ज्यान गुमाउने को संख्या समेत बढेको छ ।

कतिपय शहरमा अक्सिजनकै अभाव भएर हस्पिटलमा समेत उपचार नहुने अवस्था देखिएको छ । भने तीन दिनदेखि लगातार ३ लाख भन्दा बढी संख्यामा संक्रमित देखिएका छन् ।

शुक्रबार देशभर थप ३ लाख ४५ हजारभन्दा बढीमा संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै सर्वाधिक हो । बिहीबार वैशाख १० मा भारतमा दोस्रो धेरै ३ लाख ३२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो ।

भारतमा अहिलेसम्म कोरोना बाट संक्रमित हुनेको संख्या १ करोड ६६ लाखभन्दा बढी पुगेको छ । शुक्रबारमात्रै कोरोना संक्रमणका कारण २ हजार ६२० जनाले ज्यान गुमायको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।