Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतमा एकैदिन ३ लाख ३२ हजारभन्दा बढीमा कोरोना संक्रमण

भारतमा एकैदिन ३ लाख ३२ हजारभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एकैदिन थप तीन लाख ३२ हजार ७३० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणको कारण २ हजार २६३ जनाको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोनाबाट संक्रमितको हुनेको समग्र संख्या एक करोड ६२ लाख नाघेको छ । त्यस्तै एक लाख ८६ हजार ९२० जनाको संक्रमणको कारण निधन भएको छ । भारतमा कोरेनाका सक्रिय संक्रमितको संख्या पनि २४ लाख २८ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भेटिएका महाराष्ट्रमा सबैभन्दा धेरै ६७ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । उत्तर प्रदेशमा पनि ३४ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । दिल्ली र केरलामा पनि २६ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । कर्नाटकमा नयाँ संक्रमितको संख्या २५ हजारभन्दा धेरै छ ।

भारतका केही राज्यले कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन गरिरहेका छन् । तर, यसले कोरोना संक्रमणमा भने कमी ल्याउन सकेको छैन । भारतमा अहिलेसम्म १३ करोड ५४ लाखभन्दा बढी डोज खोप मानिसहरुलाई लगाइसकिएको छ ।