Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

स्याउ किन्दा अनलाइनबाट एक्कासी आइफोन परेपछि.... पढ्नुहोस के के भयो

स्याउ किन्दा अनलाइनबाट एक्कासी आइफोन परेपछि.... पढ्नुहोस के के भयो

कहिलेकाहीँ अनलाइन सपिङ गर्दा निकै रोचक अनुभव भोग्न पाइन्छ । बेलायतमा हालै एउटा यस्तै घटना भएको छ । त्यहाँ अनलाइनबाट स्याउ खरीदका लागि अर्डर गरेका एक युवकले एप्पलको आइफोन हात पारेका छन् ।

५० वर्षका निक जेम्सले एक खुद्रा सामानको अनलाइन बिक्रि गर्ने वेबसाइट मार्फत् स्याउ खरीद गरेका थिए । अनलाइनमा अर्डर गरेसँगै उनी आफुले किनेको स्याउ लिनका लागि कम्पनीको स्थानीय स्टोरमा गए । स्टोरमा पुगेपछि उनले थाहा पाएकी उनको सामानसँगै एक सरप्राइज बक्सपनि छ । जेम्सले जब त्यो बक्स खोलेर हेरे, तब उनी दंग भए ।

उक्त बक्समा एक आइफोन थियो । स्याउ खरीद गर्दा आइफोन हात परेपछि उनको खुसीको सीमा रहेन र उनले त्यो खुसी ट्वीटरमा शेयर गरे ।

वास्तवमा उनले अनलाइनमा स्याउ अर्डर गरेको कम्पनीको विज्ञापन अभियानको हिस्सा थियो त्यो सरप्राइज । कम्पनीले आफ्ना ग्राहकहरुलाई विभिन्न उपहार प्रदान गर्ने गरेको थियो र त्यसक्रममा जेम्सलाई आइफोन उपहार परेको थियो ।

कम्पनीका अन्य ग्राहकहरुले पनि आ-आफ्ना सरप्राइज गिफ्टका बारेमा ट्वीट गरेर सार्वजनिक गरेका छन् ।

-एजेन्सी