Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आकर्षक तलब मा माल्टा जानी सुबर्ण अवसर आयो हेर्नुहोस

आकर्षक तलब मा माल्टा जानी सुबर्ण अवसर आयो हेर्नुहोस

वैदेशिक रोजगारीको लागि माल्टाबाट नेपाली श्रमिकको लागि माग आएको छ । माल्टाको इस्टन कन्सल्टेन्सी सर्भिस कम्पनीले विभिन्न १२ पदका लागि ५८ जना नेपाली श्रमिकको माग गरेको छ ।

नेपालको अक्सन इन्टरनेशनल प्रा. लिले वैदेशिक रोजगार कार्यालय ताहाचलबाट माल्टाको डिमाण्ड पुर्व स्वीकृति लिएर विज्ञापन गरेको हो ।सेक्युरिटी गार्ड, वार टेन्डर, पिज्जा मेकर, वेटर, किचन हेल्पर, केयर गिभर लगायत विभिन्न १२ पदका लागि श्रमिकको माग गरिएको छ ।

खाने बस्ने सुविधा सहित काम अनुसार न्यूनतम मासिक तलब १ लाख ३४ हजार देखि अधिकतम २ लाख ८२ हजार सम्म तोकिएको छ ।ओभर टाईम सुविधा, वार्षिक बिदा कम्पनीको नियमानुसार हुने जनाइको छ ।

सम्बन्धित काममा ३ वर्षको अनुभव हुनेले डिमाण्डमा आवेदन दिन सक्ने म्यानपावरले जनाएको छ । स्वदेशमा गरिने मेडिकलको शुल्क, म्यादी जीवन बीमाको प्रिमियम, अभिमुखीकरण शुल्क र भिसा स्ट्याम्पीङ्ग शुल्क वापतको रकम कामदार आँफैले व्यहोर्नुपर्ने म्यानपावरले जनाएको छ ।

विदेशमा गर्ने मेडिकलको खर्च, भिसा शुल्क, हवाई टिकट, रोजगारमा हुने बीमा बापतको प्रिमियम शुल्क सबै रोजगारदाता कम्पनीले व्यहोर्ने जनाइएको छ ।डिमाण्डमा माग गरिएका पदहरुको लागि मंसिर १३, २४ र २५ गते म्यानपावर कार्यालय काठमाडौमा हुनेछ ।