Shares
Shares
भारतमा पछिल्लो २४ घन्टामा २ लाख ७३ हजारभन्दा बढी संक्रमित थपिएका छन् । भारतमा २ लाखभन्दा बढी संक्रमित थपिएको यो लगातार चौथो दिन हो । यसअघि गत डिसेम्बरमा यहाँ दैनिक संक्रमित हुनेको संख्या १५ हजारमा झरेको थियो ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार २ लाख ७३ हजार ८ सय १० जनामा संक्रमण पुष्टि भएको छ भने कोरोनाकै कारण १ हजार ६ सय १९ जनाले ज्यान गुमायका छन्।
पछिल्लो २४ घन्टामा १ लाख ४४ हजार १ सय ७८ जना निको भएका छन् । हालसम्म संक्रमित हुनेको संख्या १ करोड ५० लाख ६१ हजार ९ सय १९ छ भने ज्यान गुमाउने को संख्या १ लाख ७८ हजार ७ सय ६९ पुगेको छ। मुलुकभर १९ लाख २९ हजार ३ सय २९ जना सक्रिय संक्रमित छन् । भारतमा हालसम्म १२ करोड ३८ लाख ५२ हजार ५ सय ६६ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।
बढ्दो कोरना संक्रमणका कारण राजधानी दिल्लीको अवस्था गम्भीर बनिरहेको छ । यहाँ संक्रमण दर ३० प्रतिशतसम्म पुगेको छ । जसको अर्थ परीक्षण गराएका झन्डै एक तिहाइमा संक्रमण पुष्टि भएको छ ।
संक्रमण नियन्त्रणका लागि भन्दै दिल्ली सरकारले शनिबारदेखि आज बिहान ५ बजेसम्मका लागि विकेन्ड क*र्फ्यूसमेत लगाएको थियो । यद्यपि संक्रमण बढिरहेको छ । कोरोना नियन्त्रण तथा रोकथाममा सहयोग गर्न दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्र सरकारसँग अपीलसमेत गरेका छन् ।
महाराष्ट्र सरकारले कोरोना नियन्त्रणका लागि भन्दै दिल्लीसहित ६ राज्यलाई संवेदनशील घोषणा गरेको छ । महाराष्ट्रका मुख्य सचिव सीताराम कुन्तेले आइतबार दिल्ली एनसीआर, केरल, गोवा, गुजरात र उत्तराखन्डलाई संवेदनशील घोषणा थर्दै त्यहाँबाट महाराष्ट्रमा प्रवेश गर्ने यात्रुले ४८ घन्टाभित्रको पीसीआर परीक्षणमा नेगेटिभ आएको रिपोर्ट देखाउनु पर्नेछ । अन्य राज्यबाट संक्रमण नभित्रियोस् भन्न यस्तो नियम बनाइएको कुन्तेको भनाइ छ ।
यहाँ कोरोना संक्रमितको उपचारका लागि आवश्यक अक्सिजनको अभाव चुलिएको छ । मुख्यमन्त्री उद्धव ठाकरेले अक्सिजनको अभाव रहेको जनाउँदै केन्द्र सरकारलाई व्यवस्था मिलाइदिन अपील गरेका छन् ।
उता संक्रमणको जोखिमलाई मध्येनजर गर्दै कोलकातामा मुख्यमन्त्री ममता बनर्जीले चुनावी प्रचार अभियानलाई सीमित गर्ने भएकी छन् । आसन्न विधानसभा निर्वाचनलाई मध्येनजर गर्दै ३० मिनेटको मात्रै चुनावी र्याली आयोजना गर्ने उनको भनाइ छ । यसअघि कंग्रेसले पश्चिम बंगालमा सबै चुनावी कार्यक्रम रद्द गर्ने घोषणा गरेको थियो ।
यसैबीच, विश्वभर कोरोनाका कारण ज्यान गुमाउने को संख्या ३० लाख नाघेको छ ।ज्यान गुमाउनेको संख्याका आधारमा अमेरिका पहिलो, ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा छन् । संक्रमित संख्याको आधारमा भने भारत दोस्रो स्थानमा छ ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209