पानासोनिक आफ्नो टफबुक एफजेड-५५ बजारमा ल्याएको छ । कम्पनीका अनुसार यो सेमी रग्ड नोटबुक हो । यो दमदार एक्सापान्डेबल ब्याट्री लाइफसहित आएको छ । यसमा ४० घण्टासम्मको ब्याट्री व्याकअप मिल्नेछ । यस ल्यापटप आठौं जेनेरेसनको इन्टेल कोर प्रोसेसर, ३२ जिबी र्याम र १ टेराबाइट एसएसडी स्टोरेज दिइएको छ ।
ल्यापटपमा युएसबी पावर सप्लाइसहित टचस्क्रिन सपोर्ट अप्सन पनि दिइएको छ । यसको डिजाइन कुनै ब्रिफकेस जस्तै गरिएको छ । अर्थात् यसलाई बन्द गरेर ह्यान्डलमा समातेर कहीँ पनि लान सकिन्छ।हाल भारतीय बजारमा आएको यो ल्यापटपको मूल्य त्यहाँ भारु एक लाख ४९ हजार रहेको छ । ग्राहकले यसलाई पानासोनिकको आधिकारिक स्टोरबाट किन्न सक्छन् । कम्पनीले यसलाई गत साल २९ सेप्टेम्बरमा विश्वभर लन्च गरेको थियो ।
पानासोनिक टफबुक एफजेड-55 को स्पेसिफिकेसन :
ल्यापटप विन्डोज १० प्रो अपरेटिङ सिस्टममा यो चल्छ । यसमा १४ इन्चको फुल एचडी डिस्प्ले दिइएको छ । जुन १६ : ९ को आसप्याक्ट रेसियोसहित आउँछ । स्क्रिनमा अप्शन १० पोइन्ट टच सपोर्ट मिल्छ । यसमा इन्टेलको आई७-८६६५यु भी प्रो प्रोसेसरसहित ८ जिबी, १६ जिबी र ३२ जिबी र्याम पनि राखिएको छ । यसमा २५६ जिबी, ५१२ जिबी र १ टिबी एसएसडी स्टोरेज उपलब्ध गरिएको छ । भिडियो च्याटिङका लागि यसमा २ मेगापिक्सलको वेबक्याम पनि राखिएको छ । जुन इन्फ्रारेड सेन्सर र प्राइभेटसहित आएको छ । कनेक्टिभिटीका लागि यसमा युएसबी ३.१ जेनेरेशनको १ पोर्ट, रग्ड युएसबी २.०, एचडिएमआई, सिरियल, भिजिए र ल्यान पोर्ट दिइएको छ । यसमा माइक्रो एसडिएक्ससी कार्ड स्लट र डिभिडी, ब्लु रे ड्राइभ पनि दिइएको छ । यसमा वाईफाई र ब्लूटूथ भी५.० सपोर्ट राखिएको छ ।
टफबुकमा चार माइक्रोफोन र स्टेरियो स्पीकर छ । यो वेब र एआईडीआई प्ले ब्याक र इन्टेल हाई डेफिनेशन अडियो सिस्टमसहित आएको छ । ल्यापटप आईपी५३ सर्टिफाइड हो । यसलाई ३ फिट गहिरो पानीमा पनि प्रयोग गर्न सकिन्छ । पानासोनिकले यसमा न्यू जेनेरेशनको एडभान्स सेक्युरिटी फिचर दिएको छ । यसको ब्याट्री स्मार्ट प्रविधिसहित आएको छ । कम्पनीका अनुसार यो एक पटकको चार्जमा ४० घण्टासम्म चल्न सक्छ । यस टफबुकको डायमेन्सन ३४५ एमएमx २७२ एमएम x ३२.८ एमएम र तौल २.८ किलोग्राम छ । कम्पनीले यस ल्यापटपको तीन वर्ष ग्यारेन्टी दिएको छ ।