Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतबाट कैलाली फर्किएका ४३ जनामा देखियो कोरोना, एकजनाको मृ*त्यु

भारतबाट कैलाली फर्किएका ४३ जनामा देखियो कोरोना, एकजनाको मृ*त्यु

धनगढी । कैलालीमा ५० बर्षीय कोरोना संक्रमितको मृ*त्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीको मृ*त्यु भएको हो । अस्पतालको कोभिड अस्थायी अस्तालको भेन्टिलेटरमा राखेर उपचाररत पुरुषको सोमबार विहान मृ*त्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । जिल्लाको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुष हुन् ।

उनीमा आइतबार कोरोना पुस्टी भएको थियो । जटिल प्रकृतिको स्वासप्रस्वासको समस्या देखिएको उनलाई आइतबार नै अस्पताल भर्ना गरिएको थियो । उनको शवको व्यवस्थापन नेपाली सेनाले गरेको छ । भारतबाट आएकाको परीक्षण गर्दा एकै दिन ४३ जनामा कोरोना सं*क्रमण । सोमबार भारतको गौरीफन्टा नाकाबाट नेपाल आएकाहरुको परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार साँझसम्म ६ सय ६ जनामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना संक्रमण देखिएको हो ।

गौरीफण्टा नाकामा राखिएको हेल्थडेस्कका इञ्चार्ज दिनेश ठकुल्लाका अनुसार सोमबार साँझ सम्म ६ सय ६ जना नेपाली स्वेदश फर्किएका छन् । ‘सीमानाकामा ६ सय ६ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा सं*क्रमण पुष्टि भएको हो,’ ठकुल्लाले भने, ‘दैनिक एक हजार नेपाली अहिले गौरीफन्टा नाका भएर स्वदेश फर्किरहेका छन् । आइतबार मात्रै ५४ जनामा एन्टिजेन परीक्षणमा कोरोना देखिएको थियो ।’ एन्टिजेन परीक्षणका क्रममा पोजेटिभ देखिएकाहरूलाई धनगढी उप–महानगरपालिकाले वडा नम्वर १५ को कनरीमा बनाएको आइसोलेसनमा राख्दै आएको ठकुल्लाले जानकारी दिए । उक्त आइसोलेसन भरीभराउ भएपछि धनगढीको कवर्डहलमा राख्ने तयारी भएको उप–महानगरपालिकाले जनाएको छ ।

भारतमा कोरोना संक्रमणको दोस्रो लहर तिव्र फैलिएपछि अहिले सीमानाकामा स्वदेश फर्किनेको लर्को छ । पश्चिमी सीमा नाका गड्डाचौकी र गौरीफन्टा स्वदेश फर्किनेको भीड बढेको हो । अहिलेसम्म भारतबाट फर्किरहेकाहरुमा कोरोना परीक्षण गर्दा ५ प्रतिशतभन्दा बढीमा कोरोना सं*क्रमण देखिएको छ । दुवै नाकामा सोमबारसम्म १० हजार जनाको परीक्षण गरिएकोमा चार सय ५० जनामा कोरोना पुष्टि भएको थियो ।