Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

व्यवसायी मुकेश अम्बानीका १० सफल सुत्र यस्ता छन्

व्यवसायी मुकेश अम्बानीका १० सफल सुत्र यस्ता छन्

मुकेश धीरूभाई अम्बानी (१९ अप्रिल १९५७) भारतीय व्यवसायी तथा विश्वका छत्तीस औँ धनि व्यक्ति हुन् । उनी रिलायन्स इण्डस्ट्रीजका अध्यक्ष, प्रबन्ध निर्देशक र कम्पनीको सबैभन्दा ठूलो शेयरधनी हुन् । यो कम्पनी भारतमा निजी क्षेत्रको सबैभन्दा ठूलो तथा फोर्च्यून ५०० कम्पनी हो ।

रिलायन्स इन्डस्ट्रीजमा उनका व्यक्तिगत हिस्सेदारी ४८ प्रतिशत हो । उनका सम्पत्तिको मूल्य (फोर्ब्सको अनुसार) २२.२ अरब अमेरिकी डलर रहेको छ । मुकेश र उनको भाइ अनिल अम्बानी रिलायन्स इन्डस्ट्रीजको संस्थापक स्वर्गीय धीरूभाई अम्बानीका छोरा हुन् । मुकेश इन्डियन प्रीमियर लिगको टीम मुम्बई इन्डियन्सका मालिक पनि हुन् ।

मुकेश अम्बानी आफ्ना बाबु धिरुभाई अम्बानीलाई आफ्नो गूरु मान्छन् । पैसाको पछाडी दौडिदैमा कोही सफल व्यवसायि बन्न सक्दैन भन्ने मान्यता धिरुभाई राख्थे । उनी यसैमा विश्वास गर्छन् । ठूलो व्यवसायी बन्नका लागि ठूलै सपना देख्नु आवश्यक छ । उनी पनि यस्तै गर्छन् । उनी ठूलो सपना मात्रै देख्दैनन्, त्यसलाई पुरा नगरेसम्म आरामले निदाउन समेत सक्दैनन् । उनी प्राय मिडियाबाट टाढै रहन्छन् किनकी उनलाई लाग्छ जब काम देखिन्छ तब कसैले केही बोल्न आवश्यक हुदैँन । रेभिन्यूले आफैँ बताउँछ । उनी व्यवसायमा मात्रै होइन आफ्नो सौखका लागि पनि पर्याप्त खर्च गर्छन् । मानिसले आफ्नो मनले मागेका कुरा पुरा गर्नुपर्ने उनको भनाई छ । उनी आईपिएल टिम मुम्बईका मालिक हुन् । कामको कुरा आएपछि मुकेश आफ्नै अनुभवलाई ठूलो मान्छन् । उनले जीवनमा थुप्रै समस्या व्यहोरेका छन् । यसकारण उनी भन्छन् , आफैलाई विश्वास गर र हरेक परिस्थितीका लागि तयार होउ । जुवाडे र साहसी व्यक्तिका अनुभव उस्तै हुनसक्छन् । तर यि दुईबीचमा केही फरक छ । मुकेश आफूलाई साहसी व्यक्ति मान्छन् र हरेक चुनौती समाना गर्न तयार हुन्छन् । दौडको बीचमा आराम गर्नेहरुलाई सफलता प्राप्त हुदैँन । त्यसैले प्रतिस्पर्धी बजारमा कसैले कसैलाई नपर्खने भएकै कारण सफलताको भोक आफैँमा हुनुपर्ने मुकेशको ठम्याई छ । मुकेश टिमका हरेक व्यक्तिसँग साथमा हुन्छन् र उनी व्यवसायिक व्यक्तिहरुमा भरोसा राख्छन् । विजनेशको प्रवद्र्धनका लागि पहिला बजारको माग बुझ्न जरुरी छ । यदी तपाईको उत्पादनभन्दा राम्रो उत्पादन बजारमा छ भने तपाईले आफ्नो क्षमता बढाउनु आवश्यक छ । त्यसपछि मात्रै प्रतिस्पर्धामा उत्रनुपर्छ ।