Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मुकेश अम्बानीको परिवारमाथि २५ करोड जरिवाना , आखिर किन लग्यो त यति धेरै जरिवाना ?

मुकेश अम्बानीको परिवारमाथि २५ करोड जरिवाना , आखिर किन लग्यो त यति धेरै जरिवाना ?

रिलायन्स इन्डस्ट्रिजका सीईओ मुकेश अम्बानीको परिवारमाथि २५ करोड भारतीय रुपैयाँ जरिवाना लागेको छ ।भारतीय प्रत्याभूति एवंम नियामक बोर्ड, सेबीले बुधबार अम्बानी परिवारमाथि २५ करोडको जरिवाना लगाएको हो । मुकेश अम्बानी, उनका भाई अनिल अम्बानी, यी दुईका श्रीमती नीता र टीना अम्बानी लगायत परिवारका ३४ जनालाई टेक ओभरका नियमको पालना नगरेको भन्दै सो जरिवाना लगाइएको भारतीय संञ्चारमाध्यमले जनाएका छन् । साथै अम्बानी परिवारका अन्य सदष्य कोकिला बेन अम्बानी, मुकेश अम्बानीका छोरा आकाश अम्बानी, छोरी ईशा अम्बानी, अनिल अम्बानीका छोरा जय अनमोल अम्बानी लगायत कुल ३४ जनालाई जरिवाना लगाइएको हो ।

सेबीले बुधबार यस विषयमा ८५ पृष्ठको आदेश जारी गरेको छ । सन् २०११ मा सेबीले यस विषयमा कारण खुलाउन भन्दै सूचना जारी गरेको थियो । आदेश अनुसार सन् २००० मा रिलायन्स इन्डस्ट्रीजले टेक ओभरको नियम पालना नगरेको भन्दै जरिवाना लगाएको हो । सेबीले यो जरिवाना एकैसाथमा वा अलग अलग तिर्न सकिने जनाएको छ । नियम अनुसार २५ करोड भारतीय रुपैयाँको अधिकतम जरिवाना वा कम्पनीको नाफाको तीन गुणा जरिवाना लगाउन सकिनेछ ।