Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सबैभन्दा धेरै अर्बपति भएको सहर कुन हो त ? ( पड्नुहोस.....)

सबैभन्दा धेरै अर्बपति भएको सहर कुन हो त ? ( पड्नुहोस.....)

फोर्ब्स म्यागजीनले नियमित प्रकाशित गर्ने अर्बपतिहरूको सूचीको नयाँ संस्करणमा चीनको बेइजिङ संसारमै सबैभन्दा धेरै अर्बपतिहरू भएको सहर बनेको छ । गत वर्ष ३३ जना अर्बपति थपिएपछि बेइजिङमा अर्बपतिको सङ्ख्या १०० पुगेको छ । विगत सात वर्ष सबैभन्दा धेरै अर्बपति भएको सहर अमेरिकाको न्यूयोर्कमा ९९ जना अर्बपति छन् । चीनले कोरोनाभाइरसलाई छिटै नियन्त्रणमा लिएको, प्रविधि कम्पनीहरूको सफलता र स्टक बजारका कारण न्यूयोर्कलाई पछाडि पार्न बेइजिङ सफल भएको हो।

धेरै धन कहाँ?

धेरै धनाढ्य भए पनि अर्बपतिहरूको कुल सम्पत्तिमा न्यूयोर्क नै अगाडि छ। त्यहाँका अर्बपतिसँग बेइजिङका अर्बपतिभन्दा ८० अर्ब डलर बढी सम्पत्ति छ ।

खोप र पानी कम्पनीका मालिक बने एशियाकै सर्वाधिक धनी व्यक्ति

एक महिनामै गुम्यो इलोन मस्कको विश्वकै सर्वाधिक धनीको उपाधि

बेइजिङका सबैभन्दा धनी टिकटकका संस्थापक ज्याङ यिमिङसँग ३५.६ अर्ब डलर सम्पत्ति छ । न्यूयोर्कका सबैभन्दा धनी व्यक्ति पूर्वनगरप्रमुख माइकल ब्लूमबर्गसँग ५९ अर्ब डलर सम्पत्ति छ । अघिल्लो संस्करणको तुलनामा चीनमा यो संस्करणमा २१० अर्बपति थपिएका छन् ।

कति अर्बपति?

फोर्ब्सको सूचीमा अहिले अमेरिकाका ७२४ अर्बपति छन् भने चीनका ६९८ अर्बपति छन् । गत वर्ष संसारभरिबाट ४९३ नयाँ अर्बपति थपिएका छन् । यसको अर्थ औसतमा प्रत्येक १७ घण्टामा एक अर्बपति थपिएका छन् । भारतमा १४० अर्बपति छन् जसले भारतलाई तेस्रो स्थानमा उभ्याएको छ । संसारको सबैभन्दा धनी व्यक्तिका रूपमा एमजनका जेफ बेजोस छन् । गत वर्ष ६४ अर्ब सम्पत्ति बढेर उनको कुल सम्पत्ति एक खर्ब ७७ अर्ब डलर पुगेको छ ।