Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

युरोपेकि उर्सुलालाई टर्कीले गर्‍यो अपमान , बस्ने कुर्सी समेत दिएन

युरोपेकि उर्सुलालाई टर्कीले गर्‍यो अपमान , बस्ने कुर्सी समेत दिएन

युरोपेली आयोगकी प्रथम महिला अध्यक्ष उर्सुला फोन देर लेयनलाई टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनसँगको भेटका क्रममा कुर्सी उपलब्ध नगराएर अपमान गरिएको भिडियो सार्वजनिक भएको छ । जर्मन नागरिक उर्सुला युरोपेली परिषद्का अध्यक्ष तथा बेल्जियमका पूर्व प्रधानमन्त्री चार्ल्स मिशेल तथा एर्दोआनसँग राष्ट्रपति भवनको बैठक कोठामा सँगै प्रवेश गरेकी थिइन् । उनीहरू दुईजना कुर्सीमा बसे अनि उर्सुला अकमक्क परेर उभिइन् र कुम खुम्च्याइन् ।

‘हँ,’ भन्दै उनले कुुर्सीतिर संकेत गरिन् । तर मिसेल र एर्दोआन कुर्सीमा बसिरहे । पछि उर्सुला नजिकैको सोफामा गएर बसिन् । एर्दोआनसँग तीन घन्टाको बैठक हुनुअघि यो अप्ठ्यारो दृश्य देखिएको थियो । उक्त बैठकमा टर्कीले लैंगिक हिंसाविरुद्धको महासन्धिबाट हात झिकेको विषय लगायतमा युरोपेली संघका नेताहरूले कुरा गरेका थिए । मिसेल एर्दोआनसँगै मुख्य कुर्सीमा बसे अनि उर्सुलाले कुर्सी नपाएकोमा कुनै पश्चात्ताप गरेनन् । त्यसपछि उर्सुलाले टर्कीका परराष्ट्रमन्त्रीसँगै दोस्रो दर्जाको सोफामा बस्नुपरेको थियो । बुधवार उर्सुलाका प्रवक्ताले यस्तो अपमान फेरि कहिल्यै दोहोरिन नहुने र मर्यादाका लागि अपमान सहेर भए पनि बैठकमा सहभागिता जनाएको बताए ।