न्यूजिल्याण्डले भारतबाट जाने आफ्ना नागरिक साथै सबै यात्रुलाई प्रवेशमा रोक लगाएको छ । भारतमा कोरोना सं*क्रमितको संख्या बढेसँगै न्यूजिल्याण्डले भारतबाट जाने सबै यात्रुलाई प्र*तिबन्ध लगाएको हो ।यो नियम ११ अप्रिल साँझ ४ बजे देखि २८ अप्रिलसम्म लागू हुने छ ।न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले पत्रकारहरुसँग कुरा गर्दै भारतबाट आउने यात्रीहरूको लागि अर्डर्नले अस्थायी प्रतिबन्ध लगाएको जनाएकी हुन् ।न्यूजिल्याण्डमा प्रवेश गर्ने २३ जना नयाँ कोरोना सं*क्रमित भेटिएकामध्ये १७ जना भारतबाट गएकारण सो निर्णय गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।