Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आइफोनले लायो नया शुबिधा , ब्याट्री सकिनुअघि प्रयोगकर्तालाई सूचना

आइफोनले लायो नया शुबिधा , ब्याट्री सकिनुअघि प्रयोगकर्तालाई सूचना

एप्पलले आइफोनमा ब्याट्री सकिनुअघि प्रयोगकर्तालाई सचेत गराउने फिचर ल्याउन लागेकाे छ । अहिले कम्पनीले हरेक पटक आइफोनको ब्याट्री पावर कम हुँदा सानो आइकन वा नोटिफिकेसन मार्फत प्रयोगकर्तालाई सचेत गराउँदै आएकाे छ । तर त्यतिन्जेलसम्म ब्याट्री निकै थोरै हुने भएकाले प्रयाेगकर्तालाई विकल्प खोज्न समस्या पर्छ । एप्पलले यसलाई सुधार गर्न यसप्रकारकाे फिचर ल्याउने योजना बनाइरहेको एप्पल इन्साइडरले बताएको छ । एप्पलले नयाँ फिचरको लागि पेटेन्ट तयार गरिसकेको छ । जुन ब्याट्री पावर बढाउन नभएर प्रयोगकर्तालाई अगाडि नै यसको विकल्प खोज्न सक्षम बनाउन लक्षित गरिएको छ ।

‘सामान्यता ब्याट्री पावर कम हुने बित्तिकै आइफोनले प्रयोगकर्तालाई सचेत गराउँछ तर त्यसले प्रयोगकर्तालाई केही मद्दत हुँदैन,’ एप्पलले भनेको छ, ‘यो अवस्थालाई सुधार गर्न हामीले नयाँ योजना बनाएका छौं । याे फिचरले आइफोनमा पहिले नै ब्याट्री कम हुन लागेको थाहा पाइन्छ र विकल्प निकाल्न प्रयोगकर्तालाई पर्याप्त समय दिनेछ ।’

सो पेटेन्टमा लेखिएअनुसार आइफोनले कम्प्युटिङ प्रणाली आधारमा लोकेसन सेन्सर, दिनको समय, कम्प्युटर प्रणाली चालु छ कि छैन, फोन चार्जर राखिएको छ वा छैन जस्ता सबै विवरण लिन्छ । यसरी आइफोनले चार्ज अवस्थाबारे विश्लेषण गरेर प्रयोगकर्तालाई कति बेला ब्याट्री चार्ज गर्नु पर्ने बताउँछ । नयाँ पेटेन्ट लागू हुनुभन्दा अगाडि नै प्रयोगकर्तालाई आफ्नो आइफोनको ब्याट्री पावर बचाउनु छ भने आइफोनमा भएको ‘लो पावर मोड’ फिचर अन गर्न सक्ने एप्पल इन्साइडरको भनाइ छ ।