Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

यति सानै उमेरमा सुन्दरी राष्ट्रपति बनिन कोसोभो देशमा,को हुन् यिनी?पढ्नुहोस

यति सानै उमेरमा सुन्दरी राष्ट्रपति बनिन कोसोभो देशमा,को हुन् यिनी?पढ्नुहोस

२३ चैत : कोसोभाका लोकप्रिय नेता भिजोसा ओस्मानी आइतबार राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । शनिबारको संसद बैठक विपक्षीले बहिस्कार गरेपनि आइतबार सांसदहरुले ओस्मानीलाई निर्वाचित गरेका हुन् ।कानुनका प्राध्यापक ३८ वर्षीय ओस्मानीले संसदमा उपस्थित ८२ जना सांसदमध्ये ७१ मत प्राप्त गरेकी थिइन् । संसदका सभामुख गाउलक कोन्जुफ्काले ओस्मानी संसदबाट निर्वाचिन भएको घोषणा गरेका थिए। कोसोभोको संसद १२० सदस्यीय रहेको छ ।

नवनिर्वाचित राष्ट्रपति ओस्मानीले कोसोभोमा कानुनी शासनका लागि आफूले कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफूले कोसोभाका सबै नागरिकका लागि काम गर्ने बताईन् ।ओस्मानीलाई प्रधानमन्त्री अल्बिन कुर्तीले पनि समर्थन जनाएका थिए। कोसोभोको संसदमा पूर्व कोसोभो लिबरेसन आर्मी (केएलए) को बर्चश्व रहँदै आएको छ । केएलएले स्वतन्त्र मुलुक निर्माणका लागि सर्बियाली सैनिकसँग भिषण युद्ध लडेको थियो ।

राष्ट्रपति ओस्मानी र प्रधानमन्त्री कुर्तीले कमजोर अर्थतन्त्रलाई माथि उकास्नुपर्ने गम्भीर चुनौती छ । कोसोभाका नागरिकको औसत मासिक ज्याला ६०० डलरभन्दा कम छ भने युवा बेरोजगारी करिब ५० प्रतिशत छ ।कोसोभाका धेरै युवा कामको खोजीमा स्वीट्जरल्यान्ड र जर्मनीतर्फ पलायन भएका छन् । ओस्मानी र कुर्ती दुबैले चुनावताका बढी न्यायपूर्ण समाज र रोजगारी सिर्जनामा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यसैबीच, सर्बियाले कोसोभोको स्वतन्त्रतालाई अझै मान्यता नदिएका कारण सीमाक्षेत्रमा तनाव साम्य भइसकेको छैन । कोसोभामा सर्बियाली मुलका नागरिकको बसोबास छ, र उनीहरु अल्पमतमा छन् ।कोसोभाका राष्ट्रपति हाशिम थाचीमाथि दी हेगस्थित अन्तर्राष्ट्रिय अदालतले युद्ध अपराधमा मुद्दा चलाएपछि राजीनामा दिएका थिए ।युरोपेली युनियन र संयुक्तराज्य अमेरिकाले क्षेत्रीय तनाब मत्थर गर्ने उद्देश्यले कोसोभोको नयाँ सरकारमाथि सर्बियासँग वार्ता शुरु गर्न दबाब दिने सम्भावना छ ।