Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जोर्डनका पूर्व युवराज हमजा बिन अल हुसेन नजरबन्दमा

जोर्डनका पूर्व युवराज हमजा बिन अल हुसेन नजरबन्दमा

जोर्डनका राजा अब्दुल्लाह द्वितीयका सौतेनी भाइ राजकुमार हमजा बिन अल हुसेनले आफू नजरबन्दमा राखिएको बताएका छन् । पूर्व युवराज हुसेनले आफूलाई बाहिर जान नदिइएको र अन्य मानिसहरुसँग सम्पर्क समेत गर्न नदिएको भन्दै एक भिडियो सार्वजनिक गरेका छन् ।

राजकुमार हुसेनका वकिलले उक्त भिडियो बीबीसीलाई दिएका थिए । भिडियोमा राजकुमार हुसेनले जोर्डनको शासन प्रणाली भ्रष्ट र उत्पीडनकारी भएको आरोप लगाएका छन् ।

जोर्डनको सेनाले भने उनलाई नजरबन्दमा राखिएको कुरा अस्वीकार गरेको छ । पक्राउ गरिएको नभई जोर्डनको सुरक्षा र स्थिरतालाई लक्षित गर्न भइरहेका आन्दोलन र गतिविधिहरू रोक्न भनिएको उनले बताएका छन् ।

अब्दुल्लाह द्वितीयको सरकारमाथि खतरा सिर्जना हुनसक्ने सङ्केतसँगै अहिले त्यहाँ झण्डै २० अधिकारीहरूलाई पक्राउ गरिएको बताइएको छ । पक्राउ पर्नेमा पूर्व राजपरिवारका सदस्यहरू समेत रहेका छन् । २० लाख प्यालेस्टेनीहरुको जनसङ्ख्या रहेको जोर्डनले सन् १९९४ मा इजरायलसँग शान्ति सम्झौता गरेका सियो ।

जोर्डन अमेरिकाको निकट मित्र मानिन्छ । कोरोना भाइरसको महामारीले निम्त्याएको सङ्कटमा गत अगस्तमा जोर्डनलाई अमेरिकाले करिब ७० करोड अमेरिकी डलर प्रदान गरेका थियो ।