Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बिहेगरेको डेढ महिनामा आमा बन्दै बलिउड नायिका दिया मिर्जा

बिहेगरेको डेढ महिनामा आमा बन्दै बलिउड नायिका दिया मिर्जा

बलिउड नायिका दिया मिर्जाले फ्रेवुअरीमा व्यापारी वैभव रेखीको साथमा बिहे गरेकी थिइन् । दियाको वैवाहिक जीवन टुटेपछि उनले दोश्रो बिहे गरेकी थिइन् । उनै, दियाले बिहेको डेढ महिनापछि आफू आमा बन्न लागेको जानकारी दिएकी छिन् । बेबी बम्पसहितको तस्वीर सार्वजनिक गर्दै दियाले आफू आमा बन्न लागेको खुशी फ्यानसँग साटेकी हुन् ।

दियाले अस्ताउँदै गरेको सूर्य हेर्दै एउटा तस्वीर सार्वजनिक गरेकी छिन्, जसमा लेखिएको छ–‘धर्तीको जस्तै मलाई पनि आमा बन्ने आर्शिवाद मिलेको छ । एउटा यस्तो जीवन, जसबाट हरेक कुराको सुरुवात हुन्छ । आशाको फूलको रुपमा मेरो गर्भमा पनि सपनाबाट शुद्ध सपनालाई पाल्ने आर्शिवाद मिलेको छ ।’बलिउडमा चलचित्र ‘रहना है तेरे दिल मे’बाट प्रवेश गरेकी दियाले लामो समय दर्शकको मनमा राज गरिन् । उनी, पछिल्लो समय चलचित्र ‘थप्पड’मा देखिएकी थिइन् । उनी, चलचित्र ‘वाइल्ड डग’को छायांकनमा पनि व्यस्त थिइन् ।