Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

साउदी अरबद्धारा सयौँ चिनियाँ अनलाइन सपिङ वेबसाईट बन्द

साउदी अरबद्धारा सयौँ चिनियाँ अनलाइन सपिङ वेबसाईट बन्द

साउदी अरबले नक्कली समान प्रचार प्रसार गरेको र बेचेको भन्दै एक सय ८४ चिनियाँ वेबसाइटहरु बन्द गरेको छ ।ती वेबसाइटहरुले नक्कली समान ब्राण्डेड भएको दाबी गर्ने, ग्राहकले समान साट्न र फिर्ता गर्नेबारे जवाफ नदिने जस्ता गैरजिम्मेवारपुर्ण काम गरेको समाचारपत्र अलजजिराले उल्लेख गरेको छ । साउदी अरबले त्यस्ता एक सय ८४ वटा चिनियाँ वेबसाइट बन्द गरेको गल्फ न्युजले बताएको छ । ग्राहकहरुलाई समान साट्न र फिर्ता गर्ने विकल्प नदिएको र गुणस्तरिय समान भन्दै झुक्याएको अल जजिरामा उल्लेख छ ।कम्पनीको ठेगाना, सक्पर्क, जानकारी, ग्राहक सेवा जस्ता सुचना नराखेका वेबसाइटहरुलाई साउदी सरकारले बन्द गरेको हो । विश्वसनीय कम्पनीहरुबाट मात्र समान खरीद गर्न र आकर्षक विज्ञापनहरुको पछि नलाग्न साउदी अधिकारीहरुले सर्वसाधारणलाई आग्रह गरेका छन् ।