Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बलिउड अभिनेत्री किरण खेरलाई भयो ब्लड क्यान्सर

बलिउड अभिनेत्री किरण खेरलाई भयो ब्लड क्यान्सर

बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टीको चन्डीगढकी सांसद किरण खेरलाई “ब्लड क्यान्सर” भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी मल्टिपल माइलोमाबाट पीडित भएकी छन् । जुन एक प्रकारको ब्लड क्यान्सर हो । उनी अहिले मुम्बईमा उपचारारत छिन् । किरण खेरकी साथी तथा बीजेपी चन्डीगढका मेम्बर अरुण सूदले बुधबार विशेष पत्रकार सम्मेलन गर्दै किरणको रोगको बारेमा जानकारी गराएका हुन् । सूदका अनुसार किरण अघिल्लो वर्षदेखि उपचारारत थिइन् । उनको अवस्थामा सुधार आएको समेत उनले जानकारी दिइन् । सूदले भने, “अघिल्लो वर्ष ११ नोभेम्बरमा किरणको उनकै घरमा हात भाँचिएको थियो । हातको उपचारको क्रममा उनमा मल्टीपल माइलोमाको शुरुवाती लक्षण देखिएको थियो । उनको रोग बाँया हातबाट दाँयातर्फ फैलिएको थियो । त्यससमयदेखि उनको लगातार उपचार भइरहेको छ ।”