Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५७ हजार नाघ्यो

भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५७ हजार नाघ्यो

काठमाडौँ : भारतमा १ करोड १२ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १८ हजार ७१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड १२ लाख १० हजार ५८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९८ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५७ हजार ७९१ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ८ लाख ६६ हजार ६३६ जना संक्रमणमुक्त भएका छन् ।

अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ८६ हजार २५३ छ ।