Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतमा एकै दिन १५ हजार ६१६ जनामा कोरोना संक्रमण पुष्टी !!

भारतमा एकै दिन १५ हजार ६१६ जनामा कोरोना संक्रमण पुष्टी !!

काठमाडौँ : भारतमा १ करोड ११ लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १५ हजार ६१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ११ लाख १२ हजार ५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १०८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५७ हजार १९५ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ७ लाख ८४ हजार ५६८ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ७० हजार २९३ छ ।