Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पछिल्लो २४ घण्टामा भारतमा १६ हजार ७३८ नयाँ संक्रमित फेला

पछिल्लो २४ घण्टामा भारतमा १६ हजार ७३८ नयाँ संक्रमित फेला

काठमाडौँ : विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ७३८ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको सङ्ख्या एक करोड १० लाख ४६ हजार ९१४ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज बिहीवार जनाएको छ ।

भारतमा कोरोना भाइरस संक्रमितको संख्या हिजो बुधवारसम्म एक करोड १० लाख ४६ हजारभन्दा बढी पुगेको छ ।

भारतमा गत २४ घण्टामा कोरोना संक्रमणको कारण १३८ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५६ हजार ७०५ जना पुगेको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड ७ लाख ३८ हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ ।

हाल भारतमा एक लाख ५१ हजार ७०८ जना सक्रिय संक्रमित रहेका छन् ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले शुक्रवारसम्म देशभर २१ करोड ३८ लाख २९ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ ।

बिहीवार एकै दिनमा मात्र सात लाख ९३ हजारभन्दा बढी व्यक्तिलाई कोभिड–१९ परीक्षण गरेको जनाइएको छ ।

भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ ।

सो दिनदेखि हालसम्म एक करोड २३ लाख भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् ।

कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ ।