Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ करोड २० हजार नाघ्यो !!

विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ करोड २० हजार नाघ्यो !!

काठमाडौँ : विश्वभर कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ११ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा तीन लाख ४२ हजार १५१ जना संक्रमित थपिएका छन् ।

योसँगै विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ करोड २० हजार ९१४ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ९ हजार ७७७ संक्रमितको मृत्यु भएको छ ।

योसँगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ लाख २८ हजार नाघेको छ ।

संक्रमितमध्ये ८ करोड ४८ लाखभन्दा बढी निको भएका छन् ।

उपचाररत २ करोड २७ लाख ५५ हजार ६७९ जनामध्ये ९७ हजार २२८ को अवस्था गम्भिर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।