Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतमा कोराेना संक्रमितकाे संख्या १ करोड १० लाख नाघ्यो

भारतमा कोराेना संक्रमितकाे संख्या १ करोड १० लाख नाघ्यो

काठमाडौँ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार ७६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार ७६४ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ११ हजार ४३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ९ लाख १६ हजार १७२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ६ लाख १९ हजार ८३ जना संक्रमणमुक्त भएका छन् ।

अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ४१ हजार ३२५ छ ।