काठमाडौँ : भारतमा पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ८७ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ३०९ जना संक्रमित पुष्टि भएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक करोड नाघेको छ । भारतमा कुल संक्रमित एक करोड ८ लाख ८० हजार ६०३ पुगेको छ ।
भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ५५ हजार ४४७ पुगेको छ ।
त्यस्तै भारतमा अहिलेसम्म एक करोड ५ लाख ८९ हजार २३० जना संक्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा १५ हजार ५८५ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।
त्यस्तै अहिले भारतमा १ लाख ३५ हजार ९२६ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म कुल २० करोड ४७ लाख ८९ हजार ७८४ नमुना परिक्षण गरिएको छ ।
भारतमा अहिलेसम्म ७५ लाख ५ हजार १० जनाले कोरोनाको खोप लगाएका छन् ।