काठमाडौं - कोरोनाभाइरसका कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित भइरहेका छन् । कोरोनाका कारण विश्वका विभिन्न देशका नागरिकले ज्यान गुमाइरहेको छन् भने निको हुनेको संख्या पनि बढ्दै गइरहेको छ । अहिले विश्वका विभिन्न देशमा कोरोनो खोप पनि लगाउन शुरु गरिएको छ ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमितको संख्या १० करोड ३९ लाख २९ हजार ६८ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२ लाख ४७ हजार ६ सय ५२ पुगेको छ ।
त्यस्तै हालसम्म विश्वमा ७ करोड ५७ लाख २७ हजार ७ सय २ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।
त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ४ लाख ५४ हजार २ सय १३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २ करोड ६९ लाख ११ हजार ३ सय ७५ पुगेको छ ।
त्यसैगरी निको हुनेको संख्या एक करोड ६६ लाख २९ हजार ५ सय ३० पुगेको छ ।
त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २ लाख २५ हजार १ सय ४३ पुगेको छ भने संक्रमितको संख्या ९२ लाख ३० हजार १६ पुगेको छ ।