Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विश्वभर कोरोना संक्रमितको संख्या १० करोड ३० लाख नाघ्यो !!

विश्वभर कोरोना संक्रमितको संख्या १० करोड ३० लाख नाघ्यो !!

काठमाडौँ : विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या १० करोड ३० लाख नाघेको छ ।

वर्ल्डोमिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा थप ४ लाख ९० हजार सङ्क्रमित भएका छन् ।

योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या १० करोड ३१ लाख ८ हजार ५ सय १० पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप १२ हजार ४ सय ६१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २२ लाख २७ हजार ७ सय ३८ पुगेको छ । सङ्क्रमित र मृत्यु हुनेको ठूलो सङ्ख्या संयुक्त राज्य अमेरिकामा रहेको छ ।

अमेरिकामा २४ घन्टामा १ लाख ३७ हजार ५ सय १८ जना सङ्क्रमित भएका छन् भने २ हजार ८ सय ८९ जनाको मृत्यु भएको छ ।

अमेरिकापछि मेक्सिकोमा १ हजार ४ सय ३४ जनाको मृत्यु भएको छ भने बेलायतमा १ हजार २ सय, ब्राजीलमा १ हजार १ सय ९६ जनाको मृत्यु भएको छ ।