Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पछिल्लो २४ घण्टामा भारतमा थप १८ हजार ८५५ जनामा कोरोना संक्रमण पुष्टी !!

पछिल्लो २४ घण्टामा भारतमा थप १८ हजार ८५५ जनामा कोरोना संक्रमण पुष्टी !!

काठमाडौं : भारतमा कोरोना भाइरस संक्रमितको संख्या हिजो (बिहीवार)सम्म एक करोड सात लाख २० हजारभन्दा बढी पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ८५५ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड सात लाख २० हजार ४८ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ मा भारतमा कोरोना संक्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५४ हजार १० जना पुगेको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड तीन लाख ९४ हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ७१ हजार ६८६ सक्रिय संक्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा बिहीवार १९९ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र ६ जनाको मृत्यु भएको छ ।

भारतमा कोभिड–१९ शुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ८३५ को मृत्यु भइसकेको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधवारसम्म देशभर १९ करोड ५० लाख ८१ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । बिहीवार एकै दिनमा मात्र सात लाख ४२ हजार ३०६ जनाको कोभिड–१९ परीक्षण गरेको जनाइएको छ ।