Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कोरोना भाइरसबाट विश्वभरमा संक्रमितको संख्या १० करोड नाघ्यो

कोरोना भाइरसबाट विश्वभरमा संक्रमितको संख्या १० करोड नाघ्यो

काठमाडौं : विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १० करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ३७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।

यो सँगै संक्रमित संख्या १० करोड २ लाख ५८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा नौ हजार ४१४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २१ लाख ४८ हजार ४६७ पुगेको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा चार लाख ३१ हजार २९७ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर ७ करोड २२ लाखभन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ५ लाख २९ हजार २१० जना निको भएका छन् ।