काठमाडौँ : भारतमा तिब्र रुपमा कोरोना खोप लगाउने काम अगाडी बढाएको छ । भारतमा अहिलेसम्म ७ लाख ८६ हजारले कोरोना खोपको पहिलो डोज लिइसकेका छन् ।
कोरोना खोपको कारण झन्डै ६ सय जनामा साइड इफेक्ट देखिएको छ । खोप कार्यक्रमको पाँचौ दिन बुधबार साँझ ६ बजेसम्म २० राज्य र केन्द्रशासित प्रदेशमा १ लाख १२ हजार ७ जनाले खोप लगाए । स्वास्थ मन्त्रालयका अनुसार पाँचौ दिन ९२० जनवरीमा साइड इफेक्टका कुल ८२ घटना देखिए ।
केही राज्यबाट खोप लगाएपछि मृत्यु भएको समाचार पनि बाहिरिएका छन् । यद्यपि, पोस्टमार्टम रिपोर्टले खोपकै कारण उनीहरुको मृत्यु नभएको देखाएको छ ।
दिल्लीमा ४, कर्नाटकमा २, उत्तराखण्ड, छत्तिसगढ, राजस्थान र पश्चिम बंगालमा एक–एकजनालाई अस्पताल भर्ना गरेका मध्ये । दिल्लीमा एकजनाको उपचार हुँदैछ भने बाँकी तीनजना डिस्चार्ज भइसकेका छन् । कर्नाटकमा पनि दुईमध्ये एकजना डिस्चार्ज भइरहेका छन् । बंगालमा एक व्यक्तिको उपचार हुँदैछ ।
यसबारे प्रतिक्रिया दिँदै भारतमा स्वास्थमन्त्री डाक्टर हर्षवर्धनले खोप पुरै सुरक्षित र प्रभावकारी रहेको बताएका छन् । उनले साइड इफेक्ट देखिनु सामान्य रहेको प्रतिक्रिया दिएका छन् । कुनै पनि खोपमा साइड इफेक्ट देखिने उनले बताए ।