Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बेलायतमा एकै दिन १६ सय १० जना कोरोना संक्रमितको मृत्यु !!

बेलायतमा एकै दिन १६ सय १० जना कोरोना संक्रमितको मृत्यु !!

काठमाडौं : बेलायतमा मंगलवार कोरोना भाइरसका कारण अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको छ ।

बेलायतमा मंगलवार कोरोनाका कारण एकैदिनमा १६ सय १० जनाको मृत्यु भएको हो ।

यो संख्या बेलायतमा एकैदिनमा कोरोनाका कारण निधन हुनेहरुमा सबैभन्दा धेरै हो ।

यो भन्दा पहिला १३ जनवरीमा १५६४ जनाको मृत्यु भएको थियो ।

अहिलेसम्म बेलायतमा कोरोना भाइरसका कारण ९१ हजार ४७० जनाको मृत्यु भएको छ भने ३४ लाख ६६ हजार ८४९ जनालाई कोरोना संक्रमण भएको छ ।