काठमाडौँ : भारतमा कोरोना खोप लगाएका एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । कर्नाटक राज्यको बालारी जिल्लाको एक सरकारी अस्पतालमा काम गर्ने ४३ वर्षीय स्वास्थ्यकर्मीको मृत्यु भएको हो ।
उनले नजवरी १६ मा दिउँसो १ बजेतिर कोरोनाको खोप लगाएका र त्यसको २४ घण्टासम्म उनलाई कुनै समस्या नदेखिएको इन्डियन एक्सप्रेसले जनाएको छ ।
सोमबार बिहान अस्पतालमा ड्यूटी गर्दै गरेका नागराज नामका ती व्यक्तिले ड्यूटीकै समयमा मुटु दुखेको बताएका थिए । थप उपचारका लागि जिन्दाल संजीवनी अस्पताल पठाइएको थियो । सोमबार बिहान ११ः३० बजेतिर जिन्दाल संजीवनी अस्पताल भर्ना भएको ती स्वास्थ्यकर्मीको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।
उनको मृत्यु ह्दयघातबाट भएको चिकित्सकहरुले बताएका छन् ।