Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

भारतमा पछिल्लो २४ घण्टामा थपिए १५ हजार भन्दा बढी कोरोना संक्रमित !!

भारतमा पछिल्लो २४ घण्टामा थपिए १५ हजार भन्दा बढी कोरोना संक्रमित !!

काठमाडौं : भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतवारसम्म एक करोड पाँच लाख ५७ हजार नाघेको छ ।

विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार १४४ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ५ लाख ५७ हजार ९८५ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण १८१ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५२ हजार २७४ जना पुगेको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाख ९६ हजार भन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ ।

हाल भारतमा दुई लाख ८ हजार ८२६ सक्रिय सङ्क्रमित रहेका छन् ।