Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

नेपाल-भारत पेट्रोलियम पाइपलाइनबाटै तेल चोरी

नेपाल-भारत पेट्रोलियम पाइपलाइनबाटै तेल चोरी

काठमाडौँ : पटना-मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन फुटाएर शुक्रबार डिजल चोरी भएको छ।

उक्त कार्यले नेपालको आपूर्तिमा कुनै असर नगर्ने नेपाल आयल निगम अमलेखगञ्ज डिपोका प्रमुख भरत रेग्मीको दाबी छ।

‘नेपाल-भारत सीमाको कबि १ सय २० किलो मिटर टाढा सिवान भन्ने ठाउँमा तेल चोरी भएको हो। यसले हाम्रो आपूर्तिमा कुनै असर गर्दैन,’ उनले भने, ‘बीचमा केही समय आएको थिएन। अहिले प्रतिघण्टा २ लाख ४० हजारको लिटरको दरले आइरहेको छ।’

कति परिमाण चोरी भयो, कसले चोरी गरेको अनुसन्धानको गरेर इण्डियन आयल कर्पोरेसनले त्यहाँको प्रहरीलाई बुझाइसकेको उनले जानकारी दिए।

मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको गत वर्ष भदौ २४ गते नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्‍घाटन गरेका थिए।

उद्घाटन गरेसँगै बाराको अमलेखगञ्जस्थित डिपोमा पटनाबाट सिवान र मोतिहारी हुँदै पेट्रोलियम पाइपलाइनमार्फत डिजल आपूर्ति हुँदै आएको छ।