काठमाडौँ : भारतमा कोरोनाविरुद्धको प्रति खोपलाई २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने अनुमान गरिएको छ ।
केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले प्रत्येक खोपको खर्च २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने मङ्गलबार जानकारी दिए ।
भारतमा कोभिशिल्ड र कोभ्याक्सीन गरी दुई वटा खोप आपत्कालीन अवस्थामा प्रयोग गर्न आधिकारिक निकायले अनुमति दिएको छ ।
भारतले अहिलेसम्म कोरोनाभाइरसविरुद्धको ५४ लाख खोप भण्डारण गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।
पहिलो चरणमा यो खोप देशका विभिन्न ठाउँमा वितरण गरिने छ ।
भारत सरकारले गत सन् २०२० को मे महिना अगाडि नै कोरोनाभाइरस विरुद्धको खोप विकास गर्न वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई खटाएको थियो । उनीहरूले नै यसको विकास गरेका हुन् ।