Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

अमेरिकामा २ करोड २९ लाख जना कोरोना संक्रमित , १ करोड ३४ लाख ८३ हजार ४९० जना संक्रमणमुक्त !!

अमेरिकामा २ करोड २९ लाख जना कोरोना संक्रमित , १ करोड ३४ लाख ८३ हजार ४९० जना संक्रमणमुक्त !!

काठमाडौँ : अमेरिकामा २ करोड २९ लाखमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख १३ हजार ४५३ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड २९ लाख १७ हजार ३३४ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ३४ लाख ८३ हजार ४९० जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ९० लाख ५० हजार ५६९ जनामध्ये २८ हजार ९३१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ७९२ कोरोना संक्रमितको मृत्यु भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै सोमबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ८३ हजार २७५ पुगेको छ ।