Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

भारतमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ लाख ५१ हजार नाघ्यो !!

भारतमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ लाख ५१ हजार नाघ्यो !!

काठमाडौँ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५१ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप २१३ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५१ हजार ४८ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १८ हजार ८१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ४ लाख ५१ हजार ३३९ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ७५ हजार ३८१ जना संक्रमणमुक्त भएका छन् ।