Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

भारतमा पहिलो चरणमा ३० करोड नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने ,जनवरी १६ देखि अभियान सुरु !!

भारतमा पहिलो चरणमा ३० करोड नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने ,जनवरी १६ देखि अभियान सुरु !!

काठमाडौँ : भारतमा यही जनवरी १६ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुने भएको छ। खोप अभियान सुरु हुने मिति र खोपको प्राथमिकता शनिबार घोषणा गरिएको हो।

सबैभन्दा पहिला स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिएकाहरुलाई खोप दिइनेछ भने त्यसपछि ५० वर्षमाथिका र गम्भीर बिरामी रहेका ५० भन्दा कम उमेरका मानिसहरुलाई खोप लगाइनेछ ।

पहिलो चरणमा उच्च खतरामा परेका समूहका २७ करोड, १ करोड स्वास्थ्यकर्मी, २ करोड फ्रन्टलाइनमा खटिएका व्यक्तिहरुलाई खोप दिइने जनाइएको छ।

उनीहरुलाई २८ दिनपछि अर्को डोज खोप दिइने जनाइएको छ। भारतका कोभिशिल्ड र कोभाक्सिन खोपलाई अनुमति दिइएको छ।