Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

इन्डोनेसियाको जाकार्ताबाट ६२ जना सवार सहित उडेको विमान दुर्घटना हुदाँ सवार सबैको मृत्यु भएको आशंका !!

इन्डोनेसियाको जाकार्ताबाट ६२ जना सवार सहित उडेको विमान दुर्घटना हुदाँ सवार सबैको मृत्यु भएको आशंका !!

काठमाडौँ : इन्डोनेशियामा हिजो शनिबार साँझ भएको श्रीविजाया एयरको विमान दुर्घटना भएको स्थान पहिचान भएको छ । ६२ जना सवार बोइङ ७३७ विमान जकार्ता नजिकको टापु आसपासमा दुर्घटनामा परेको भेटियो ।

दुर्घटनास्थलबाट विमानका केही टुक्रा फेला परेका छन् । विमानका भग्नावशेषझैँ देखिने तस्बिरहरू टेलिभिजन र सामाजिक सञ्जालमा पनि सार्वजनिक भएका छन् । विमान दुर्घटना भएको क्षेत्रमा १० भन्दा बढी पानी जहाज खोजीका लागि खटिएका छन् ।

राजधानी जकार्ताबाट पोन्तिएनाकका लागि उडेको केहीबेरमै विमान दुर्घटनामा परेको हो । प्रत्यक्षदर्शीहरूले विष्फोटन भएको देखेको बताएका छन् । उडान भरेको चार मिनेटपछि नै विमान राडारबाट हराएको थियो ।

विमानमा १२ बालबालिकासहित ५० यात्रु र चालक दलका १२ सदस्य थिए । विमान २७ वर्ष पुरानो भएको बताइएको छ । दुर्घटनामा परेको विमान ७३७ म्याक्स भने होइन । म्याक्स लगातार दुर्घटनाका कारण धेरै देशमा ग्राउण्डेड छ ।