Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

विश्वभर कोरोना संक्रमितको सङ्ख्या कति पुग्यो ?

विश्वभर कोरोना संक्रमितको सङ्ख्या कति पुग्यो ?

काठमाडौं : कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १८ लाख ९० हजार नाघेको छ ।

विश्व स्वास्थ्य संठनको तथ्यांक अनुसार हालसम्म कोरोना संक्रमणका कारण विश्वमा १८ लाख ९० हजार ३४२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ६९६ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ७ लाख ७१ हजार ५२७ संक्रमित थपिएका छन् ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड ६७ लाख ४९ हजार ९४० पुगेको तथ्यांकमा उल्लेख छ ।