Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

टेस्ला कम्पनीको इलोन मस्क बने विश्वकै धनी, कति छ सम्पत्ति ?

टेस्ला कम्पनीको इलोन मस्क बने विश्वकै धनी, कति छ सम्पत्ति ?

काठमाडौँ : इलोन मस्क विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । उनको कुल सम्पत्ति १ सय ८५ बिलियन अमेरिकी डलर नाघेको छ । यी उद्यमी टेस्ला इन्क र स्पेस एक्सका सिईओ हुन् । टेस्लाको शेयर बिहीबार आकाशिएसँगै उनी विश्वको नम्बर एक धनाढ्य बनेका हुन् । टेस्ला इन्क विद्युतीय गाडी र क्लिन इनर्जी कम्पनी हो ।

त्यस्तै, एरोस्पेस उत्पादक र स्पेस ट्रान्फपोर्टेसन सेवा प्रदायक कम्पनी हो – स्पेस एक्स । सन् २००२ मा उनले स्पेस एक्स स्थापना गरेका थिए । टेस्ला कम्पनी २००३ मा स्थापना भएको थियो र स्थापनाको एक वर्षपछि उनी प्रडक्ट आर्किटेक्टका रुपमा यसमा आवद्ध भए, २००८ मा उनी सिईओ बने ।

यसअघि सन् २०१७ यता अमेजनका संस्थापक जेफ बेजोस लगातार सर्वाधिक धनीको सूचीमा पहिलो नम्बरमा थिए । तर, यस वर्ष टेस्ला विद्युतीय कार कम्पनी टेस्लाको भ्यालुु निकै बढ्यो । बुधबार यसको मार्केट भ्यालुु बढेर ७ सय बिलियन अमेरिकी डलर पुुग्यो । विश्वका चर्चित कार कम्पनीहरु टोयटा, भल्कस्वागन, हुुन्डाई, जिएम र फोर्डको मार्केट भ्यालुु जोड्दा पनि टेस्लाभन्दा कम नै हुन्छ ।

दोस्रो नम्बरमा झरेका जेफ बेजोसले पनि गत वर्षभन्दा यसपटक आफ्नो सम्पत्ति बढाएका छन् । कोरोना भाइरसका महामारीका कारण अमेजनको अनलाईन स्टोरको माग विगतभन्दा धेरै बढेको र फाइदा धेरै भएको छ । यद्यपी,सम्बन्ध विच्छेदपछि उनले कम्पनीको ४ प्रतिशत हिस्सा श्रीमतीलाई दिएका थिए । त्यसकारण उनलाई इलोन मस्कले उछिने ।

दक्षिण अफ्रिकाको प्रिटोरियामा १९७१ मा जन्मिएका इलोन मस्कले इन्जिनियरका रुपमा आफ्नो करियर सुरु गरेका थिए ।