काठमाडौँ : जापानले ग्रेटर टोकियो क्षेत्रमा संकटकाल लगाउने तयारी थालेको छ । राजधानी टोकियो र देशका अन्य भूूभागमा पनि संक्रमित बढेसँगै संकटकाल लगाउनुपर्ने सुुझाव प्रधानमन्त्री योसिहिदे सुुगालाई जनस्वास्थविद्हरुले दिएका हुन् । जापानमा अहिले कोरोनाको तेस्रो लहर चलिरहेको छ । पहिलो र दोस्रो लहरको तुलनामा यो निकै घातक देखिएको छ ।
जापानमा बुधबार पहिलोपटक नयाँ संक्रमितको संख्या ६ हजार नाघ्यो । बुधबार एकैदिन यहाँ ६ हजार ४ जनामा संक्रमण देखियो । जापानमा कोरोनाका कारण अहिलेसम्म कुल २ लाख ५२ हजार ३ सय १७ जना संक्रमित भएका छन् । ३७ सय १९ जनाले ज्यान गुमाइसकेका छन् ।