Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

अमेरिकामा पहिलो पटक एकै दिन ३८ सय ६५ जना संक्रमितको मृत्यु !!

अमेरिकामा पहिलो पटक एकै दिन ३८ सय ६५ जना संक्रमितको मृत्यु !!

काठमाडौँ : कोरोना भाइरसको कहर अमेरिकामा अहिलेसम्मकै उच्च देखिएको छ ।

अमेरिकामा एकैदिन ३,८६५ जनाको मृत्यु भएको छ ।

त्यस्तै, संक्रमित हुनेको संख्या १ लाख ४५ हजारभन्दा बढी रहेको छ ।

महामारी फैलिएयता यति ठूलो संख्यामा एकैदिन मानिसहरुले ज्यान गुमाएको यो पहिलोपटक हो ।

अमेरिकामा २ करोड १८ लाखभन्दा धेरै जनसंख्या कोरोना भाइरसबाट संक्रमित भइसकेको छ ।

यसमध्ये १ करोड ३० लाखभन्दा धेरै जनसंख्या संक्रमणमुक्त भइसक्यो ।

३ लाख ६९ हजार ९ सय ९० जनाले ज्यान गुमाइसकेका छन् भने अझै पनि ८४ हजारभन्दा धेरै जनसंख्या संक्रमित छ ।

अमेरिकाको छिमेकी मेक्सिकोमा पनि संक्रमितहरुको संख्या बढ्दैछ ।

पछिल्ला २४ घण्टामा यहाँ १३ हजार ३ सय ४५ जना नयाँ संक्रमित भेटिएका छन् ।