Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

प्युठानका लाल बहादुर घर्ती मगर १२ बर्ष देखि मलेसियामा बेपत्ता खाेजी गरिदिन परिवारको अाग्रह

प्युठानका लाल बहादुर घर्ती मगर १२ बर्ष देखि मलेसियामा बेपत्ता खाेजी गरिदिन परिवारको अाग्रह

मलेसिया जनवरी ,३ तारिख । प्युठानका लाल बहादुर घर्ती मगर करिब १२ बर्ष देखि मलेसियामा बेपत्ता भएका छन् ।साबिक स्वर्गद्वारी गाविस धनवाङ हाल स्वर्गद्वारी नगरपालिका २ स्थाई ठेगाना भएका घर्ती करिब १२ बर्षदेखि परिवारकाे सम्पर्कमा छैनन् । उनका माईती साला कमल बुढाले सामाजिक सञ्जाल मार्फत अाफ्नाे भिनाजुलाई खाेजि गरिदिन मलेसियामा रहेका सम्पूर्ण संघसंस्था र नेपाली श्रमिकहरुलाई अाह्वान गरेका छन् ।

उनले लेखेका छन् दिदी हालसम्म पनि तपाईंको सिन्दुरको छायाँ मुनि बसि रहनु भएको र दिदिको सिन्दुरको रक्षक पनि तपाईं हो भिनाजु तपाईले बिर्सिनु भयो होला मैले बिर्सेको छैन र सम्झी रहने छु। हामी साला भिना मात्रै होइन घनिष्ट मित्र समेत थियोै तपाईं र एका एक समपर्क बिहिन हुनु भो मैले मलेसिया हुनुहुने मेरो फेसबुक मित्रहरुरु कैयौँलाई सोध पुछ गरे तर केही पत्ता लागाउन सकिन जिउदो या मृत्यु तर हामी अाज पनि आशाका दियो हरु बालिरहेका छौ । तपाईं जहाँ जे जस्तो अबस्थामा हुनुहुन्छ खुशी रहनु होला चाडै घर फर्कने कोसिस गर्नु होला ।।

सन् २००६ मा मलेसियाको जाेहाेरबारु राज्यमा रहेको एक सेक्युरिटी कम्पनीमा सेक्युरिटीका रुपमा अाएका लाल बहादुर घर्ती मगर करिब २८/२९ महिना सम्म काम गरेर साेचे अनुरुपकाे सेलरी नभए पछि अाफु अबैधानिक भएर काम गर्छु भन्दै परिवारलाई जानकारी गराएका थिए। अबैधानिक भैसकेपछि पनि केही समय परिवारकाे सम्पर्कमा रहेका घर्ती एक्कासि सम्पर्क बिहिन भए। उनका शाला कमल बुढाले नेपाली मजदुर एकता समाज मलेसियामा जानकारी गराउदै भने उहाँ साहित्य लेखनमा पनि राम्रो हुनुहुन्थ्यो उहाँलाई मैले अनुराेध पनि गरे भिनाजु अबैधानिक हुनुभन्दा घर फर्किनुहाेस् बरु पैसाकाे ब्यबस्थापन म गर्छु भनेर त्यतिबेला उनका शाला साउदीमा थिए। उनले थपे भिनाजुलाई घर फर्काउन कै लागि ६/७ हजार रियल जम्मा पनि गरेकाे थिए साथिहरु संग तर उहाँ एक्कासि सम्पर्क बिहिन हुनुभयाे । उहाकाे फेसबुक पनि डिएक्टिभेट भयाे । ठ्याक्कै मिति थाहा नभए पनि सन २००९ सेप्टेम्बरमा घर्ती अन्तिम पटक परिवारकाे सम्पर्कमा रहेका थिए ।

पारिवारिक अवस्था निकै दयनीय रहेकाे उनकाे परिवारकाे रेखदेख पनि यतिबेला माइती पक्षले नै गरिरहेकाे कमल बुढाले जानकारी दिए। घरमा एक छाेरा र दुई छाेरी र श्रीमती उनकाे बाटाे हेरेर बसिरहेका छन्। धन कामउने सुन्दर सपना बाेकेर मलेसिया छिरेका लालबहादुरकाे यतिबेला कुनै खबर छैन। मलेसियाा कहिकतै उहाँलाई देखे भेटेमा नेपालकाे उनका साला कमल बुढाकाे सम्पर्क नम्बर 0097433303466 मा सम्पर्क गरिदिन पारिवारिक श्राेतले अनुराेध गरेकाे छ। मलेसियाको हकमा नेपाली मजदुर एकता समाज मलेसियाको email - [email protected] मा अथवा +60149291246 मा सम्पर्क गरेर उहाँको बिषयमा कुनैपनी जानकारी भए दिनुहुन सबैमा अनुराेध गरिन्छ ।