Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

८ लाखभन्दा बढीले रूसमा कोरोना भ्याक्सिन लगाए !!

८ लाखभन्दा बढीले रूसमा कोरोना भ्याक्सिन लगाए !!

काठमाडौं : संक्रमणको दोस्रो लहरको सामना गरिरहेको रूसले आफ्ना आठ लाखभन्दा बढी नागरिकलाई कोरोविरुद्धको भ्याक्सिन लगाइसकेको छ। रूसले १५ लाख डोज भ्याक्सिन देशभर वितरण गरिसकेको त्यहाँका स्वास्थ्यमन्त्री मिखाइल मुरासकोले शनिबार जानकारी दिएका हुन्।

मुरासकोले पत्रकार सम्मेलनमा भने, ‘‘देशका विभिन्न प्रान्तमा कोरोना भ्याक्सिनको १५ लाख डोजभन्दा बढी वितरण भइसकेको छ र खोप अभियान जारी छ। अहिलेसम्म आठ लाखभन्दा बढीलाई खोप लगाइसकिएको छ।’’

रूसले भ्याक्सिन लगाउनका लागि प्राथमिकता निर्धारण गरेको छ। चिकित्सा तथा स्वास्थ्यकर्मीका साथै अन्य समूहलाई आवश्यकताअनुसार भ्याक्सिन लगाउने तयारी उक्त देशले गरेको छ।

रूस कोरोनाबाट बढी प्रभावित हुने देशमध्ये एक हो। त्यहाँ पछिल्लो २४ घण्टामा २६ हजारभन्दा बढी व्यक्तिमा पोजिटिभ देखिएको छ। अब रूसमा संक्रमितको संख्या ३२ लाख १२ हजार नाघेको छ। मृत्यु हुनेको संख्या ५८ हजारभन्दा बढी पुगेको छ।