Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

डब्ल्यूएचओले दियो फाइजर भ्याक्सिनलाई स्वीकृति !!

डब्ल्यूएचओले दियो फाइजर भ्याक्सिनलाई स्वीकृति !!

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले फाइजर तथा बायोएनटेक कम्पनीले बनाएको भ्याक्सिनलाई कोरोना महामारीविरुद्ध आपत्कालीन उपायोगका लागि मान्यता दिएको छ। डब्ल्यूएचओले कोरोना महामारीको सुरुआतपश्चात् पहिलो पटक यो भ्याक्सिनलाई बिहीबार स्वीकृति दिएको हो।

संसारका थुप्रै मुलुकमा कोरोनाविरुद्धको भ्याक्सिन बनाउने प्रयत्न भइरहेको छ। यसअघि पनि केही कम्पनीले भ्याक्सिन निर्माण गरेर प्रयोगमा ल्याउन थालिसकेका छन्। तर डब्ल्यूएचओले मान्यता दिएको थिएन।

फाइजरले बनाएको भ्याक्सिन प्रयोगका लागि सर्वप्रथम बेलायतले स्वीकृति दिएको थियो। त्यसपछि अमेरिकाले यसलाई इजाजत दियो। तर, अमेरिकामा फाइजरको भ्याक्सिन लगाएकी एक नर्सलाई पुनः संक्रमण भएको खबर आएको छ। उनले डिसेम्बर १८ का दिन भ्याक्सिन लगाएकी थिइन। ६ दिनपछि उनमा पुनः कोरोना पोजिटभ फेला परेको थियो। बेलायतमा कोरोनाको नयाँ स्ट्रेनले सन्त्रास मच्चाइरहेको छ।

बेलायतमा डिसेम्बरको पूर्वार्द्धमा देखापरेको नयाँ स्ट्रेन अहिलेसम्म दर्जन देशमा फैलिसकेको छ। भारत, अमेरिका, यूएई तथा युरोपमा यो फैलिएको पाइएको छ। पुरानोभन्दा नयाँ भाइरस ७० प्रतिशत छिटो फैलन बताइएको छ। तर, नयाँ स्ट्रेनलाई पनि निर्माणाधीन र बनिसकेका भ्याक्सिनले नियन्त्रण गर्ने शोधकर्ताहरूको विश्वास छ।