Shares
Shares
हो म ,त मजदुरको छोरा ,मेरो बुवाले पनि मजदुरी गर्नुहुन्थ्यो। मजदुरी गरेरै हुर्काउनु ,बढाउनु र पढाउनु भएको छ।बुवा भन्नुहुन्छ म १३ बर्षको उमेर बाट ज्याला ,मजदुरी गर्न थालेको हु। मैले मेरो बुवा ,आमा कस्तो हुन्नथ्यो उ त पाएन ,आमा बुवाको माया ममता दया र स्नेहा कस्तो हुन्थ्यो,
त्यो पनि थाहा छैन। अहिले त उमेरले पनि ५८ पुगिसके, मेरो शारीरिक अवस्था पनि यस्तो छ। बिहे पनि ढिला गरे ,छोराछोरी अझै सम्म पनि कमाउन सक्ने भएनन् । अब म संग ज्याला ,मजजुरी गर्न सक्ने क्षमता पनि छैन, छोराछोरी धेरै छ्न ,पढाउन लेखाउन चुनौती छ । पहाडको ठाउँ उत्पादन धेरै हुदैन ,घरमा अन्य कुनै आम्दानीका स्रोतहरु छैनन् ।
बारीमा लगाएको खेतीपातिले बर्षभरी खाना पुग्दैन। कुनै बर्ष प्राकृति प्रकोपले मार्छ भने कहिले बारी वरिपरि जंगल भएको हुँदा जंगली जनावर आएर सखाप पार्छ ।आमा भन्नुहुन्छ जन्मेदेखी घाँस दाउरा गर्ने थालेकि हु। मलाई पढाईलेखाईको क समेत पनि थाहा छैन घाँस दाउरा गर्दा गर्दा जीवन आधी भैइ सक्यो घाँस दाउरा मेरो एउटा आँखा समेत गुमाए। छोरा अब एउटा आँखा ले गाउँघरमा खेतीपाती गर्न ,भैसी गाई बस्तु पाल्न र घाँस दाउरा गर्ने निकै गाह्रो भएको छ। छोरा तैले अब केहि गर्नु पर्छ। पढेर मात्रै भएन पढाई संगै कतै काम खोजेर गर्नुपर्छ । अब घरधन्दा चलाउन निकै गाह्रो छ।
बुवा आमाको यो कुरा सुनेपछि मेरो मनमा दया जागेर आउँछ। अनि मैले सोच्छु र भन्छु ,अब मैले केहि गर्नुपर्छ। । गाउँघरको हेला, साथीभाई आफन्तहरुको कुरा सुन्दा दिक्क लाग्छ र सोच्छु अब बिदेश गएर पैसा कमाउछु, फेरि बिदेशिनु भएका दाईभाई दिदीबहिनीहरु लाई सम्झन्छु। उनिहरुको घरपरिवार लथालिङ्ग भएको देख्छु, अनी उनिहरुले बिदेशमा भोगेका दुखका कुरा सुन्छु र सोच्छु बिदेशमा गएर काम छैन । बरु म यतै केहि गर्छु। फेरि सोचेको जस्तो कहाँ सजिलो छ यतै केहि गर्नेलाई पनि गाउँमा पस्यो बुवा ,आमा भाई ,बहिनी ,आफन्तको गुनासो सुन्नुपर्छ ।
शहर पस्यो अभाबै अभाबको जिन्दगी छ।
शहर पसेको पनि अब करिब करिब ५/६ बर्ष भएछ ।अहिले सम्म न त पढाई सकिएको छ, न त जागिरको टुंगो लागेको छ। खाली शहरमा खान र बस्नको लागि मात्रै गएको हो कि भन्ने जस्तो भएको छ। उमेर बढेको छ जिम्मेवारी थपिएको छ। कक्षा ११ पढ्नको लागि घरबाट शहर निस्केको म हाल अध्ययनको लेभल ब्याचलर अर्थात बि. बि.एस तेस्रो बर्ष सम्म पुगेको छ। अध्ययनलाई निरंतरता दिनको लागि निकै चुनौती खेप्नुपरेको छ। यो बर्ष झन कोरोना महामारीले गर्दा निकै अप्ठ्यारो पारेको छ। न पढाई लेखाइ भएको छ ,न त परिक्षाको टुंगो नै लागेको छ। अध्ययन ठप्प भएको छ। मलाई भने ब्याचलर सकिएको भए केही मेशो आउथ्यो कि जस्तो लागेको छ। शहरमा कोठा भाडा तिर्नुपरेको छ ,घरगाउँमा आएर बस्नुपरेको छ। संगै एसएलसी पास गरेका प्राबिधिक क्षेत्र तिर अध्ययन गरेका कतिपय साथीहरुको जागिरको टुंगो भएको छ । त्यसले झन हामीलाई चुनौती थपिएको छ।
पहाडको ठाउँ पढेलेखेकाहरुको संख्या अत्यन्तै कम कुन विषय ?
कस्तो विषय ?पढ्नु पर्न अबधि कति? पढिसकेपछी कस्तो काम ?कुन क्षेत्रमा? यी कुनै कुराहरू नबुझी आफन्त बोलेको देखेर वाक्क लाग्छ । त्यही माथि झन सकेन गर्न फल्नाले, सकेन गर्न फल्नाका छोराले भनेर कुरा समाजमा काटेको देख्दा मन आत्तिएर आउछ। शहर पस्यो काम खोज्दा खोज्दा, चिनेजानेका हरुलाई भन्दा भन्दा वाकदिक्क, गाउँघर पस्यो आफन्तहरुले गरेको किचकिची सुन्नुपर्छ। कहिलेकाही मनमा निराशा छाउछ र बेकार पढिए छ भन्ने सम्म बनाउछ। पढ्न नियमित क्लाश नगएपछि कोर्समा फेल ,लोकसेवा पढौ त अहिले सम्म कुनै मिलेको छैनन् तालमेल न हाम्रा आफन्त ,न चिनेजाने कोहि,न हाम्रो पावर पहुँच, न पुग्ने क्षमता यसरी नै बिताउदै छु।
अहिले सम्मको दिन चर्याहरु त तीन चार बर्ष त टाईम पास गरे मिडिया गएर न कमाउन सके नाम , न कमाउन सके दाम आजभोलि भएको छ। के गरौं र कता जाम शहरमा पाईदैन भने जस्तो काम, लाज माने प्रबिधिले पनि बनाउदो रहेछ मान्छेलाई हज्मा अब सोच्दै छु,बुवा आमा भाई बहिनीलाई के गरेर खुशी बनाम सोचाइ त छ राम्रै मान्छे बनन पाउ सोचे र मात्रै भएन के गरेर नाम र दाम दुबै कमाउ ,गर्ने त गरेकै जस्तो लाग्छ सानो तिनो प्रयास यतिले पुगेनछ,गन्तव्यमा पुग्ने आधार हिड्ने खुट्टा भने नथाकोश यति छ मेरो आश बाकी कुरा त सबै ठिक हुन्छ गरेपछि आट समाज बाट त सिक्ने हो ज्ञान् समाजले त सिकाको छ ,भोको पेट ,खाली खल्ती र स्वाथी दुनियाँ कस्तो हुदोरहेछ भनेर बिना पैसा कुनै काम हुदैन, पैसाले सबथोक बिग्रारेको छ । पैसा छ त सबै थोक छ पैसा छैन त केही छैन ।
कोरोना महामारीले ज्याला मजदुरी गरिखाने बर्गलाई निकै अप्ठ्यारो पारेको छ। कतिलाई घर भित्र भोक ले मारेको छ। कतिलाई घर बाहिर रोगले मारेको छ । राजनीतिक दलका जनप्रतिनिधिलाई भने भ्रष्टाचार गर्नमै ठिक्क छ। जनप्रतिनिधिको ध्यान गरिब दुखीका छोराछोरी गाउँघर तिर होइन ऊनीहरुको ध्यान ठुला ठाली हुनेखाने तिर छ ।
हाम्रो नेपालमा पैसा छ भने पसलमा देउता किन्न पाइन्छ ,अदालतमा न्याय किन्न पाईन्छ ,नपढी बिद्दान बन्न पाइन्छ ,चुनावमा टिकट किन्न पाइन्छ ,मासु भातमा भोट किन्न पाईन्छ अरु सबै सबै किन्न पाइन्छ । पैसा छैन भने त उहीँ मान्छे चिन्न पाईन्छ। हो म अहिले मान्छे चिन्ने अभियानमा छु, म ब्यवहार अध्ययन गर्दैछु। कसले कहाँ कसरी बोलेको छ टुलुटुलु हेर सुनेर बसेको छु। त्यसैले म भन्छु तारिफ गर्नुस् वा नगर्नुस् तर अपमान कसैलाई पनि नगर्नुहोस् !
भबिस्य कसैले देखेको हुदैन ,दिन सबैका आउछन्। सकिन्छ भने सबैलाई सम्मान ब्यवहार गरौं अपमान कसैलाई नगरौं । जीवनमा जस्तोसुकै परिस्थिति किन नआओस संघर्स कहिल्यै गर्न नछोडौ।पृथ्वीमा ज्ञान् भन्दा शुद्ध चिज अरु केहि छैन आत्म पहिचान नै शिक्षा हो ब्यक्तीले गरेको अभ्यास र प्रयत्नबाट आउने बिकास नै सिकाई हो यी महत्त्वपूर्ण ब्यक्तीहरुका भनाइहरुलाई आत्मसात गरौं । इच्छा हामीमा हुनुपर्छ समाधानको उपाय आफै निस्कन्छ । भन्नेको पछि होइन ,गर्नेको पछि लागाै आफ्नो मेाह
भुवन के .सि
गंगादेब गाउँपाली ६ रोल्पा
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209